ग्लोबल आइएमई क्यापिटल इन्फ्रान्सटक्चर बैंकको सेयर रजिष्ट्रारमा नियुक्त « Arthapath.com
२९ माघ २०७७, बिहीबार

ग्लोबल आइएमई क्यापिटल इन्फ्रान्सटक्चर बैंकको सेयर रजिष्ट्रारमा नियुक्त



काठमाडौं । भर्खरै आईपीओ निष्काशन गरेका नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।

इन्फ्रान्सटक्चर बैंकको आइपीओ डिम्याट खातामा जम्मा भएसँगै आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको स्टक कोड निफ्रा रहेको छ । नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को प्रतिशेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । कम्पनीले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्