बीमा कम्पनीको वित्तीय विवरणले नेप्सेमा पहिरो, साताको अन्तिम दिन १६.११ अंकले घट्यो « Arthapath.com
२९ माघ २०७७, बिहीबार

बीमा कम्पनीको वित्तीय विवरणले नेप्सेमा पहिरो, साताको अन्तिम दिन १६.११ अंकले घट्यो



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.११ अंकले घटेको छ । पछिल्लो समय अस्थिर बनेको राजनीतिले लगानीकर्ता निराश बनेका छन् । विभिन्न राजनीतिक दल तथा नागरिक समाजले गरेको गरेको आन्दोलने नकारात्मक असर बजारमा परेको हो । बुधबार थोरै अंकले बढेको बजार अन्तिम दिन बिहीबार घटेको हो ।

बिहीबार नेप्सेमा २०६ कम्पनीको १ करोड ६० लाख ५८ हजार ४५८ सेयर कित्ता ७२ हजार ७३७ पटक किनबेच भएको छ । नेप्सेमा १२ समूहमध्ये तीन समूहको मात्रै हरियाली छाएको छ भने अन्य समूह भने राताम्य बनेको छ । दिनभरिको उतारचढाव पछि नेप्से घटेर ८ अर्व ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार विकास बैंक, बैकिंङ्ग र म्युचअल फण्डका लागनीकर्ताले क्रमशः २०.१४, १०.७९ र ०.०३ अंकले कमाए । तर बिहीबारको कारोबारमा जीवन बीमा र निर्जीवन बीमा समूहका लगानीकर्ताले सबैभन्दा धेरै क्रमशः २१४.३९ र २०७.२२ अंकले गुमाए ।

पछिल्लो समय बीमा कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि बीमा समूहका लगानीकर्ता निराश बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्