जोन्टाक्लब काठमाडौँले ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण गर्यो « Arthapath.com
३० माघ २०७७, शुक्रबार

जोन्टाक्लब काठमाडौँले ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण गर्यो



काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पुर्याउन ललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गर्यो । केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पु¥याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ मा ललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्टप प्रदान गरे ।
जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ श्ल् का जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाका एस.एस.पी किरण बज्राचार्यलाई ल्याप्टपहरु हस्तान्तरण गरे ।

लक्ष्मी बैँकले (२ वटा डेस्कटप), दया फाउन्डेसनले (१ वटा ल्याप्टप), ज्योति समूहले (१ वटा डेस्कटप), गोल्छा समूहले (१ वटा डेस्कटप),संस्कृत विद्यालयले (१ वटा ल्याप्टप) गरी जम्मा ६ वटा कम्प्युटरर्सहरु प्रदान गरेका थिए ।

एस.एस.पी किरण बज्राचार्यले भन्नुभयो ,“ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरुकुशलतापूर्वक व्यवस्थापनगर्न र पीडितलाई सहयोग पुर्याउन प्राविधिक स्रोतको कमी पर्दै आएको थियो । कल र गुनासोहरु नोटमा म्यानुअल रुपमा रेकर्ड गरिन् थियो । र केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन् । थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरुलाई उनीहरुको गुनासोको लागि मद्दत गर्न, कलहरु प्रबन्ध गर्न र ट्रयाक गर्न सक्षम हुने छाँ” ।

अध्यक्ष सीमागोल्छाले भन्नुभयो “हेल्पलाइन मार्फत महिलालाई सहयोग पुर्याउन र यस साझेदारीको लागि हाम्रो वकालत वकीलको टोलीको परामर्श मार्फत मुद्दाहरु सुल्झाउनकालागिहामीयी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौँ । हामी थप महिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशा गर्दछौँ ।”

जोन्टा क्लब काठमाडौँ नेपाल कानुनी रुपमादर्ता गरिएको काठमाडौँको एन्.जी.ओ हो जुन २०१२ माजोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापना भएको हो । यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीय तहमा अर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिलाविरुद्घहुने हिंसा सम्बन्धिमुद्दाहरुको सुधार गर्ने उद्येश्यका साथमहिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । नेपाल अफिसियल्ली ६४औँ राष्ट्र हो जुन आधिकारिक रुपमा चार्टर्ड हुने छ । हाम्रो क्लबलाई प्रतिनिधित्व गर्ने ५४ सदस्यहरु छन् जुन विविध पृष्ठभूमिका छन् जसमा सामाजिक कार्यकर्ताहरु, बैँकहरु, उद्योगहरु, डाक्टरहरु, वकिलहरु, आर्किटेक्टहरु, व्यवसायिक नेताहरु र पेशेवरहरु पर्दछन् ।


प्रतिक्रिया दिनुहोस्