सुनको मूल्य निरन्तर ओरालोतर्फ लाग्दै आइतबार पनि घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

सुनको मूल्य निरन्तर ओरालोतर्फ लाग्दै आइतबार पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आइतबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्