आन्ध्र प्रदेशमा ट्रकसँग बस ठोक्किदा १४ जनाको ज्यान गयो « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

आन्ध्र प्रदेशमा ट्रकसँग बस ठोक्किदा १४ जनाको ज्यान गयो



काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा यात्रु बोकेको मिनिबस र ट्रक ठोक्किदा १४ जनाको ज्यान गएको छ । आन्ध्र प्रदेशको मधुपुरम गाउँ नजिकै भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।


दुर्घटनामा चार बालबालिका गम्भिर घाइते भएका छन् । १८ जना यात्रु बोकेर तीव्र गतिमा गुडिरहेको बस सडकको डिभाइडरबाट उछिट्टिएर विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । मृत्यु हुनेमा आठ जना महिला रहेका छन ।


प्रतिक्रिया दिनुहोस्