सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगद रहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाईमन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका थिए । सिन्धुली क्षेत्रमाचल्ने ७४वटाटेम्पू (तीनपाङ्ग्रेसवारी)तथा ३४ वटा अन्य विभिन्नब् यापारीहरुलाई क्युआर कोड वितरण गरीयो बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुराभएको बताउनु भयो । साथै नगदरहितअभियानलाई प्रभावकारी बनाउनक्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने बताए ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले आफ्नो स्वागतमन्तव्यमाक्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याउनु भएको थियो ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलार्इ अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरुल्याउँदै जाने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करीव पाँचलाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु त्था ६ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्