मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको हल्लाले नेप्सेमा पहिरो, ७ अर्बको कारोबार « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको हल्लाले नेप्सेमा पहिरो, ७ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार घटेको हो । बुधबार नेप्से ३३.३३ अंकले घटेर २४९३.६९ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा मुच्युअल फण्ड बाहेक सबै समूह राताम्य बनेका छन् । मुच्युअल फण्डका लगानीकर्ताले ०.१३ अंकले कमाए भने अरु समूहको सबै राताम्य बनेको छ । बुधबार सबैभन्दा धेरै जीवन बीमा समूहका लगानीकर्ताले २३३.१८ अंकले गुमाएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्ने हल्ला चलेपछि नेप्से घटेको सेयर विज्ञहरुले बताएका छन् । त्यस्तै आइतबार नेप्सेमा स्वच्छ कारोबार हुनुपर्यो भन्दै आमरण अनसन बसेपछि पनि नेप्सेमा राताम्य छाएको बताइएको छ । फाग्न यसै सातादेखि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्ने भएकाले त्यसको असर नेप्सेमा परको हो । बुधबार २०२ कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५९२ सेयर कित्ता सेयर ५८ हजार ३०९ पटक किनबेच हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्