महिला लघुवित्तको आइपिओमा ९ लाख ६३ हजारले दिए आवेदन, १ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ संकलन « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

महिला लघुवित्तको आइपिओमा ९ लाख ६३ हजारले दिए आवेदन, १ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ संकलन



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आइपीओ ९ लाख ६३ हजार ८६८ जनाले आवेदन दिएका छन् । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओमा आइतबार ५ बजेसम्म १ करोड ४९ लाख ३५ हजार ९७० सेयर कित्ताका लागि १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपैयाँ संकलन भएको निष्काशन कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्