सुनको मूल्य निरन्तर ओरालोतर्फ लाग्दै सोमबार घट्यो चाँदीको भने बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

सुनको मूल्य निरन्तर ओरालोतर्फ लाग्दै सोमबार घट्यो चाँदीको भने बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोला मा १ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्