मौद्रिक नीतिमा परिवर्तन नभएपछि प्रि ओपनमा हरियाली छायो नेप्सेमा, करिब २४ अंक बढ्यो नेप्से « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

मौद्रिक नीतिमा परिवर्तन नभएपछि प्रि ओपनमा हरियाली छायो नेप्सेमा, करिब २४ अंक बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से २३.८६ अंकले बढेको छ । आइतबार ३३.३३ अंक घटेर २४९३.५९ अ.कमा बन्द भएको नेप्से सोमबार प्रि ओपनमा भने हरियाली छाएको छ ।

सोमबार प्रि ओपन सेसनमा २३.८६ अंक बढेर २५१७.४६ विन्दुमा पुगेको हो । सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीको २९ लाख २६ हजार २७५ रुपैयाँ बराबरको ३ हजार ४१५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

प्रि ओपनमा सबै समूहमा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा कुनै परिवर्तन नगरेपछि लगानीकर्ता झन आकर्षित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्