प्रधानमन्त्री ओलीको प्रश्न–निर्वाचन प्रतिगमन हो ? « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

प्रधानमन्त्री ओलीको प्रश्न–निर्वाचन प्रतिगमन हो ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु भनेको प्रतिगमन कसरी भयो भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्ध ेहि राजनीतक दलले प्रतिगमन भनेपछि उनले यस्तो बताएका हुन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा उनले प्रश्न गरे– के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ?

उनले भन अगाडी भने ‘जनताका बीचमा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कम से कम डेढ÷दुई वर्षपछि चुनाव त हुन्छ नै, चुनाव रोक्न सकिँदैन । प्रतिगमन त फेरि हुने नै भयो, प्रणालीले चुनाव गराउँछ ।’


प्रतिक्रिया दिनुहोस्