मागभन्दा साढे ७ गुणा बढि आवेदन परेको ग्रीनलाइफको आइपीओ शुक्रबार बाँडफाँड हुने « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

मागभन्दा साढे ७ गुणा बढि आवेदन परेको ग्रीनलाइफको आइपीओ शुक्रबार बाँडफाँड हुने



काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गरिने निष्काशन कम्पनीले जनाएको छ । फागुन ७ गतेभित्र बाँडफाँड गरिने बिओके क्यपिटलका जानकारी दिएको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट आइपीओ बाँडफाँड गरिने छ ।

सर्वसाधारणलाई सेयर निष्काशन गरेको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागी कूल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन दिएका हुन् ।

ग्रीनलाइफले कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्