सुनको मूल्य ९० हजार तल झर्यो, एकैदिन ११ सयले घट्दा कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

सुनको मूल्य ९० हजार तल झर्यो, एकैदिन ११ सयले घट्दा कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, म।गलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोला मा १ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्