बुधबार नेप्से ९.९४ अंकले बढ्यो, ८ अर्ब बढिको कारोबार हुँदा ट्रेडिङ समूहका लगानीकर्ताले कमाए « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

बुधबार नेप्से ९.९४ अंकले बढ्यो, ८ अर्ब बढिको कारोबार हुँदा ट्रेडिङ समूहका लगानीकर्ताले कमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९४ अंकले बढेको छ । बुधबार नेप्से बढेर २६११.४५ अंकमा बन्द भएको छ । बुधबार २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ सेयर कित्ता ७६ हजार ६३० पटक किनबेच हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार ट्रेडिङ समूह र बैंकिङ समूहका लागनीकर्ताले क्रमशः ५९.०६ र २९.७७ अ.कले कमाए । त्यस्तै, बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहका लगानीकर्ताले क्रमशः १४४.८३ अंक र १३६.५९ अंकले गुमाए ।


प्रतिक्रिया दिनुहोस्