बैंक अफ काठमाण्डूले संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरर्या

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ ।
बैंकका संचालक प्रा. डा. हेमराज सुबेदीज्यूले एक कार्यक्रमका बिच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंक द्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।