निरन्तर ओरालो लाग्दै ३ दिनमा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, म।गलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य तोला मा १ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।