लाइफ इन्स्योरेन्स र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

लाइफ इन्स्योरेन्स र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन गरिएको छ । फागुन ७ गतेका दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरि नयाँ समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ । बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता २ हजार ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेप्सेले यस दिन नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य १ हजार ३६४ रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४७३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न लघुवित्तले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्