सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको ज्यान गयो « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको ज्यान गयो



काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ ।शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको ज्यान गएको हो ।

गोली लागेर एकजनाको घटनास्थलमै ज्यान गएको हो । भने एकजनाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा राखेर सत्ता हातमाम लिगेको थियो ।


प्रतिक्रिया दिनुहोस्