आइतबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

आइतबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर, कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ८९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८८ हजार ५५९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्