कारोबार सुरु भएको ३० सेकेण्डमै निफ्राको शेयरमा सकारात्मक सर्किट, मूल्य ६६० पुग्यो

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से खुलेको केहि समयमा नै निफ्रा बैंकको सेयरमा सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार भएको दोस्रो हप्ताको दोस्रो दिने पनि नेपाल पुर्वाधार विकास बैकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार सुरु भएको ३० सेकेण्डमै शेयरमा सकारात्मक सर्किट लागेको हो । बैंकको शेयर मूल्य ६ सय ६० पुगेको छ । आज पनि कम्पनीको शेयर खरिदमा अत्यधिक चाप रहेको छ ।
बैकले अघिल्लो साताबाट दोस्रो बजामार कारोबार गर्न शुरु गरेको हो । पहिलो दिन ३ सय ४० मा पहिलो कारोबार भएयता लगातार शेयर मूल्यमा सर्किट लाग्दै आएको छ ।