सोमबार स्थिर रहेको सुन मंगलबार ११ सयले बढ्यो « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

सोमबार स्थिर रहेको सुन मंगलबार ११ सयले बढ्यो



काठमाडौं । मंगलबार सुन ११ सयले बढेको छ । आज सुन तोलामा ११ सयले बढेर प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन स्थिर रहेको थियो । आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको सुन हिजो पनि सोही मुल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकोे महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ ।आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ६० मा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्