नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर बिक्री गर्दै « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर बिक्री गर्दै



काठमाडौं । नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम गर्ने भएको छ । लगानी कोषले फागुन २१ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५०.०५ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको हो । कम्पनीले बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने छ । शेयर खरिदका लागि इच्छुक सर्वसाधारणले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँमा लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन् । कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्