आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत लाभांश दिने « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत लाभांश दिने



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बोनस शेयर वितरण पछि लघुवित्तको चुक्तापूँजी २८ करोड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्