अदालतले तोकेको समयमा नै संसद् बैठक बोलाउने ओली समूहको निर्णय « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

अदालतले तोकेको समयमा नै संसद् बैठक बोलाउने ओली समूहको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयमा संसद् बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार ओली समूहको स्थायी कमिटिको बैठकले अदालतको फैसला स्वीकार्दै तोकेको समयसीमा संसद्को बैठक बोलाउने निर्णय गरिएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

अन्य राजनीतिक दलहरुसँग छलफल समेत गरिने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्