लगानीकर्ताको ध्यानाकर्षण: नेप्सेको लापर्वाहीले हाम्रो सम्पत्तिको असुरक्षा भयो « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

लगानीकर्ताको ध्यानाकर्षण: नेप्सेको लापर्वाहीले हाम्रो सम्पत्तिको असुरक्षा भयो



काठमाडौं । बुधबारको नेप्सेमा देखिएको समस्याप्रति लगानीकर्ताले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् । संयुक्त रुपमा पेस विज्ञप्ति जारी गर्दे सेयर बजारमा गरेको लगानीको असुरक्षा भएको बताएका छन् । त्यस्तै, पुँजीबजार सन्चालक निकाय प्रतिको लगानिकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेकोले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेप्सेमा बेला बेलामा समस्या देखा पर्ने गरेकाले ब्यवस्थापन टोलीले जेगर्दा पनि हुन्छ भन्ने मानसिकता हटाउन पनि माग गरेका छन् ।

यस्तो छः विज्ञप्ती
विश्वले सर्वमान्य रूपमा स्विकार गरेको देशको अर्थतन्त्रको ऐनाको उपमा दिईएको पुँजीबजार जस्तो गरिमामय क्षेत्रलाई ३५ खर्व भन्दा माथी पुँजिकरण भएको र CDSC को website बाट प्राप्त आजको रेकर्ड अनुसार २९ लाख २५ हजार ८ सय ९७ हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोवार गरिरहेका र सक्रिय लगानिकर्ताहरूको सहभागिता रहेको नेपालको पुँजीबजार सन्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्था बाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सन्चालन गर्दै आएका र हामिले जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बाट ग्रसित भएर पुँजीबजार सन्वालन गरिरहेका छन भन्ने कुरा आजको शेयर कारोवार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ । हामी पुँजीबजारमा कारोवार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले वारम्वार गुनासो गर्दै आएको TMS, Nepse को Website को समस्या, Mero Share को समस्या त्यसमा पनि अनलाईन कारोवार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये EDIS को मुख्य समस्याले गर्दा Close out मा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको व्यहोरा सर्वविदितै छ । २०७५ सालमा सन्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज २०७७ साल फागुन १२ गते NIFRA को शेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सन्चालक निकाय प्रतिको लगानिकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) शेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं ।

पुँजीबजारमा भर्खर सर्व साधारण जनताको चासो र विश्वास बढ्दै गरेको,देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्ष्मा आज अचानक NIFRA को शेयरलाई हतियार बनाएर परिसुचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानिकर्ताहरूको मनोविज्ञान संग खेलवाड गर्ने जो कोही पनि व्यक्ति,संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधीलाई हामी लगानिकर्ताहरूले कति समय सम्म सहेर बस्ने होरु यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकाय बाट हामिले कहिले गर्न पाउने हो रु यावत प्रश्नहरूको उत्तर सम्बन्धित निकाय बाट यथासिघ्र सम्बोधन र समस्याको समाधानको लागि विमम्रतापुर्वक अनुरोध गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्