महिला लघुवित्तको आइपीओ भोली बिहान ८ बजे बाँडफाँड हुने, साढे ३७ हजारलाई १० कित्ता, १५ लाखको हात खाली « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

महिला लघुवित्तको आइपीओ भोली बिहान ८ बजे बाँडफाँड हुने, साढे ३७ हजारलाई १० कित्ता, १५ लाखको हात खाली



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर भोली फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

महिला लघुवित्तले माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

कम्पनीको आईपीओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणको लागि माग गरिएकोभन्दा ६२।४९ गुणा धेरै आवेदन परेको हो । आवेदन मागभन्दा बढि परेकाले गोला प्रथा विधीबाट बाँडफाँट गरिने छ ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुनेछ


प्रतिक्रिया दिनुहोस्