आईपीओ रिजल्ट अनलाइनमा रोक, सम्बन्धित कम्पनीले मात्र नतिजा सार्वजनिक गर्न पाउने « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

आईपीओ रिजल्ट अनलाइनमा रोक, सम्बन्धित कम्पनीले मात्र नतिजा सार्वजनिक गर्न पाउने



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आईपीओ) को नतिजा सार्वजनिक गर्न नपाउने ब्यवस्था गरेको छ ।

अनलाइन सञ्चार माध्यमहरू नतिजा सार्वजनिक गर्दै आएका अनलाइन मिडियाहरुले अबदेखि गर्न नपाउने भएका हुन् । सम्बन्धित कम्पनी, आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा सार्वजनिक गर्न पाउने ब्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

यो व्यवस्था भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओबाट नै लागू हुने भएको पनि न्यौपानेले बताएका छन् ।

सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई पत्राचार गरेको छ ।

सुरुवाति अवस्थामा मेरो शेयरबाट नजिता हेर्न केहि समस्या भए पनि एक दुई दिन भित्रमा सबैले सजिलै हेर्न पाउने सिडिएससीले जनाएको छ । सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाउने काम गरिरहेको र केहि समय भित्रै यसको पुर्ण समाधान हुने रह्याङ नहुने व्यवस्थाका लागि काम भैरहेको न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्