महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० आवेदकले मात्रै १० कित्ता पाए, बाँकि सबैको हात खाली, नतिजा कसरी हेर्ने? « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० आवेदकले मात्रै १० कित्ता पाए, बाँकि सबैको हात खाली, नतिजा कसरी हेर्ने?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड गरिएको छ । आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर कित्ताको लागि आवेदन दिएका थिए ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुला गरेको थियो ।

सर्वसाधारणले मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्