पैसाको जोहो गर्नुहोस्ः ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि निष्काशन गर्दै « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

पैसाको जोहो गर्नुहोस्ः ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि निष्काशन गर्दै



काठमाडौं । लामो समयको प्रतिक्षापछि ज्योती लाइफको आइपीओ निष्काशनको मिति तय भएको छ । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने मिति तय गरेको हो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । उक्त आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्