राष्ट्र बैंकको लघुवित्तलाई कडा निर्देशन उपत्यका बाहिर दुई शाखा खोलेपछि मात्र उपत्यकामा एक शाखा खोल्न पाउने « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

राष्ट्र बैंकको लघुवित्तलाई कडा निर्देशन उपत्यका बाहिर दुई शाखा खोलेपछि मात्र उपत्यकामा एक शाखा खोल्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाइ काठमाडौं उपत्यकाबाहिर दुई वटा शाखा सञ्चालन गर्न दिने भएको छ भने काठमाडौं उपत्यकामा एक शाखा मात्रै खोल्न स्विकृती दिएको छ ।

आइतबार राष्ट्र बैंकले इजाजतपत्र “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब उपत्यका बाहिर, महानगरपालिका र उपमहानगरापलिका बाहेकका स्थानमा पुस मसान्तपछि २ वटा शाखा सञ्चालनमा ल्याएपश्चात उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानिय तहको वडाहरुमा १ शाखा खोल्ने अनुमति दिएको हो । तर उपत्यका बाहिर खोलिने दुई शाखामध्ये कम्तिमा एक शाखा गाउँपालिकामा खोलिएको हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्