सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्राली. न्यूरोड बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट ÷ प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.ली.मा सेवा लिदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्