सुन चाँदीको मूलयमा भारी गिरावाट, एकै दिन १७ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

सुन चाँदीको मूलयमा भारी गिरावाट, एकै दिन १७ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य १७ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुनका मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तोजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्