विप्लब समूह शान्तिपूर्ण राजनीतिमा आउने भएपछि नेप्सेमा हरियाली « Arthapath.com
२० फाल्गुन २०७७, बिहीबार

विप्लब समूह शान्तिपूर्ण राजनीतिमा आउने भएपछि नेप्सेमा हरियाली



काठमाडौं । नेत्र बहादुर चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउने भएपछि नेप्सेमा हरियाली छाएको छ । अब नेपालमा राजनीतिक स्थिरता छाउने संकेतले साताको अन्तिम दिन नेप्सेमा हरियाली छाएको हो ।

बिहीबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा बन्द भएको छ । बिहीबार दिनभरिमा नेप्सेमा हरियाली छाएको हो । दिनभरिमा २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर ६५ हजार १७४ पटक किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार सर्वाधिक जीवन बीमा समूहको ५७१.९५ र निर्जीवन बीमा समूहको ३२४.४६ अंकले कमाए ।


प्रतिक्रिया दिनुहोस्