मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपमा पाउने छन यस्ता छुट « Arthapath.com
२० असार २०८२, शुक्रबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपमा पाउने छन यस्ता छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहकग्राहकहरुलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटी सँग विभिन्न सेवामाविशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहकग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटी बाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १०% सम्मछुट प्राप्त गर्न सक्नेछन् । साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरेको बंकले जनाएको छ ।

सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्