निरन्तर ओरालो लागेको सुनको मूल्य आइतबार बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

निरन्तर ओरालो लागेको सुनको मूल्य आइतबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्ते, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्