नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा, ३ बर्षको साधारण सभा पनि आह्वान « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा, ३ बर्षको साधारण सभा पनि आह्वान



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ४ प्रतिशत बोनस शेयर समेत गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्