इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब पुग्यो « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब पुग्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।

मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पुर्याइसकेको छ ।

यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ ।

यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्