प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव आउने हल्लाले सेयर बजार राताम्य « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव आउने हल्लाले सेयर बजार राताम्य



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रसताव दर्ता आउने हल्लाले सेयर बजार घटेको छ । सर्वाेच्च अदालतले संसद विघटन बदर गरेपछि आइतबार संसद बैठक बस्दै छ । आज बस्ने संसद बैठकमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने हल्ला चलपछि लगानीकर्तामा निराशा छाएको छ ।

आयतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ अंकमा बन्द भएको छ । हाइड्रो पावर र होटल एण्ड पर्यटन समूह बाहेक सबै समूहको राताम्य छाएको छ । हाइड्रो पावर र होटल एण्ड पर्यटन समूहको क्रमशः १८.३४ र ५०.१५ अंकले बढेको छ । आइतबार सबैभन्दा धेरै जीवन बीमा समूहका लगानीकर्ताले ३०६.३२ अंकले गुमाए भने ट्रेडिङ समूहका लगानीकर्ताले १८१.८४ अ.कले गुमाए ।

आइतबार दिनभरिमा २११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० सेयर कित्ता ५३ हजार ९७० पटक किनबेच हुुँदा ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँको कारोबार भएको छ । संसद बैठक आज ४ बजे बस्ने छ ।


प्रतिक्रिया दिनुहोस्