ज्योति लाइफको आईपीओमा दुई दिनमा करिव १२ लाखको आवेदन,२ अर्ब ५८ करोड ४३ लाख संकलन « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

ज्योति लाइफको आईपीओमा दुई दिनमा करिव १२ लाखको आवेदन,२ अर्ब ५८ करोड ४३ लाख संकलन



काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा ११ लाख ८१ हजार ९१३ जनाले आवेदन दिएका छन् । यो माग गरिएको भन्दा करिव ५ गुणा बढि आवेदन परेको हो ।

आइतबार ५ बजेसम्म २ करोड ५८ लाख ४३ हजार ४ सय सेयर कित्ताका लागि २ अर्ब ५८ करोड ४३ लाख ४० हजार रुपैयाँ संकलन भएको बिक्री प्रवन्धक कम्पनी एनएमबी क्यपिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्