नेपाल बैंकमा रोजगारीको अवसर, प्लस टु ले पनि आवेदन दिन पाउने, आवेदन दिने तरिका सहित « Arthapath.com
२४ फाल्गुन २०७७, सोमबार

नेपाल बैंकमा रोजगारीको अवसर, प्लस टु ले पनि आवेदन दिन पाउने, आवेदन दिने तरिका सहित



काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा २ सय ७९ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक प्रवन्धकमा ६२ जना, आइटीतर्फको सहायक प्रबन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरेको हो ।

इच्छुकले नेपाली नागरिकले चैत्र १२ गतेसम्म आवेदन दिन सक्ने छन् । अनलाइनबाट फारम भरी सोको साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनु पर्ने छ ।

Apply To Here: https://www.nepalbank.com.np/career.html


प्रतिक्रिया दिनुहोस्