निफ्रा बैंकले तत्काल १० प्रतिसतभन्दा माथि रिटर्न दिने अवस्था छैन्ः सीईओ खतिवडा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

निफ्रा बैंकले तत्काल १० प्रतिसतभन्दा माथि रिटर्न दिने अवस्था छैन्ः सीईओ खतिवडा



काठमाडौं । निफ्रा बैंकले तत्काल रिटर्न सेयर दिन सक्ने अवस्था नरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकका (प्रमुख कार्यकारी अधिकृत) सीईओ रामकृष्ण खतिवडाले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बोल्दै एउटा पर्टिकुलर सेक्टरमा लगानी गर्नुपर्ने भएकाले प्रोजेक्ट आइडिण्टीफिकेशन प्रोसेसमा ढिला बताएका हुन् ।

उनले भने, “प्रोजेक्ट आइडिण्टीफाई गर्न डेढ बर्षभन्दा बढि लाग्छ, त्यसको रियल रिटर्न आउनको लागि प्रोजेक्टको नेचर अनुसार ५–६ बर्ष लाग्छ, उसको रिटर्न निफ्राको लगानीकर्ताले पाउने भनेको त अर्काे एउटा सर्टेन पिरियडमा जाने हो, यसलाई लङ टर्म इन्भेष्टको रुपमा लिनुपर्छ, यो सटटर्म इन्भेष्ट होइन ।”

उनका अनुसार, जुन आइपीओ आयो, आइपीओ नम्वर अफ लार्जेस्ट सेयर होल्डर भएको आइपीओ आयो । आइपीओ यसरि डिस्ट्रीब्यूट भयो की त्यो मस्ट होल्ड गर्ने इन्डिभिजुअल हो । जसले गर्दा मार्केटमा अलिकता डिमाण्ड हुने सम्भावना कम भयो । अव सरसर्ति हेर्दा १०–१२ लाखसँग ब्रोकर एकाउण्ट छैन् । निश्चित मानिससँग मात्रै ब्रोकर एकाउण्ट भएको कारणले पनि मार्केट अलिकति माथि गयो, ब्रोकर एकाउण्ट खोल्नेको संख्या बढिरहेको छ । विस्तारै सेयरको फ्लो मार्केटमा बढ्दै गएको छ । यसलाई कम्पनीको फण्डामेन्टल्स वा अन्यसँग जोड्न त्यति धेरै आवश्यक पनि हुँदैन । २६ सय प्लस पुगेको मार्केट २४ सयमा झरेको छ । स्टक मार्केटमा सबैको सेयर घटिरहेको बेला यो पर्टिकुलर सेयर बढ्नुपर्छ भन्ने होइन ।

राइट सेयर एउटा इन्स्ट्रमेण्ट हो । २० बिलियनको पेड अफ ब्यालेन्ससिट छ, अर्काे २ अर्ब रिजर्ब छ । २२ अर्ब भयो, यसको २० प्रतिशत हुनुपर्यो किनकी कमिटमेण्ट हुँदैमा २० प्रतिशत इमिडेट्ली हुँदैन । अहिले हामीले १२ अर्ब कमिट गरेका छौँ । त्यो १२ अर्बको २० प्रतिशत हुन अर्काे एक डेढ बर्ष लाग्छ ।


प्रतिक्रिया दिनुहोस्