राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर, यसरि दिनुहोस आवेदन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कर्मचारी माग गरेको छ ।बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको छ ।
त्यस्तै बैंकमा काम गर्न इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते सम्म आवेदन दिन सक्नेछन ।
बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत (बैंकिङ व्यवसाय पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक (सूचना प्रविधि) पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको छ ।
