निफ्रा बैंकको नेप्सेलाई जवाफः बण्ड छिट्टै जारी गर्छौं, ८ प्रतिशत लाभांश प्रक्षेपण हो « Arthapath.com
८ चैत्र २०७७, आईतवार

निफ्रा बैंकको नेप्सेलाई जवाफः बण्ड छिट्टै जारी गर्छौं, ८ प्रतिशत लाभांश प्रक्षेपण हो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टिकरण सोधको जवाफ दिएको छ । केहि दिन अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले लण्डन एक्सचेञ्जमा ३० मिलियन डलरको बण्ड जारी गर्ने बताएपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो ।

३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको भन्दै बैंकले सो सम्बन्धमा सम्बन्धित नियमनकारी निकायबाट पनि सहमति तथा स्वीकृति लिइसकेको बताएको छ । साथै, यसलाई अन्तिम रुप दिनको लागि चाहिने थप सहमति तथा स्वीकृतिहरु छिटो भन्दा छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने निफ्राले जानकारी गराएको छ ।

साथै, लगानीकर्तालाई लाभांशको दिने विषय के भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको पनि बताएको छ ।

बैंकले दिएको स्पष्टिकरण यस्तो छ

ताहाँको पत्र संख्या ०७७।७८ चलानी न. १०६१, मिति २०७७।१२।०४ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको वण्ड ल्याउने, लण्डन स्टक एक्चेन्जमा सूचिकृत हुने शिर्षकमा कुनै एक अनलाईन पत्रिकामा प्रकाशित समाचार सम्बन्धमा सत्य तथ्य के हो ? लगायत उक्त पत्र मार्फत बैंकलाई सोधनी भएका विषयवस्तुहरुमा देहाय वमोजिम स्पष्टिकरण पेश गरेका छौ । बैंकले ३० मिलियन डलरको वण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना बार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको विषय हो । नेपाल स्टक एक्स्चेन्ज लि मा बैंकको शेयर सूचिकरण हुन अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम वैकले सम्बन्धित नियमनकारी निकायवाट लिनुपर्ने कोही सहमती स्वीकृतिहरु लिईसकिएको जानकारी गराउछौ । साथै, यसलाई अन्तिम रुप दिन चाहिने वप सहमती रस्वीकृतिहरु लिदै यथासक्य छिटो तोकिएको व्याजदरमा वण्ड जारी गर्ने र सम्वन्धित स्टक एक्चेन्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको स्पष्ट पार्दछौ । लाभांशको सम्बन्धमा, बैंकले आफ्नो सार्वजनीक शेयर निष्काशनको क्रममा प्रकाशित गरेको बिवरणपत्रमा आ.व. २०७७।७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी गराउँछौं । लाभांश वितरण सम्बन्धी निर्णय संचालक समितिको वैठक, सम्बन्धित नियमनकारी निकायहरुको स्वीकृति एवं वार्षिक साधारण सभाको निर्णय मार्फत मात्र हुने हुँदा यस विषयमा सोही अनुरूप हुने व्यहोरा स्पष्ट पार्दछौ । यस बैंकले दीघंकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न मुलतः ऋणपत्र जारी गरी स्रोत संकलन गर्ने मुख्य उद्देश्य लिएको छ । सोही अनुरुप जारी गर्ने ऋणपत्रहरुको प्रकृती तथा लगानीकरतांका किसिम भिन्न–भिन्न हुन सक्ने हुंदा यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु लगायतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्रहरु जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको छ । साथै, यी विषयहरु बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरिसकेको छ । बैंकको शेयर मुल्यमा प्रभाव पार्ने विषयहरुमा बैंक सजग रहेको हुँदा यस बैंकले गर्ने कार्यहरु तथा प्रदान गरिने सूचनाहरुको पहुंच सर्वसाधारण लगानीकर्ताहरु तथा यस संस्थासंग प्रत्यक्ष तथा परोक्ष रुपमा चासो राख्ने सम्पूर्ण महानुभावहरुमा आधिकारिक रूपमा पुगाउने उद्देश्यले यस वैकले तधष्ततभच जबलमभि, बैंकको आधिकारिक इमेल, सम्पर्क फोन नं. सहितको विवरण खुलाई मिति २०७७।१२। ०३ को पब मार्फत ताहालाई जानकारी गराइएको व्यहोरा समेत अनुरोध गर्दछौ । धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्