एनआईसी एशिया र स्वदेशी लघुवित्त एकीकृत कारोवार शुभारम्भ, मर्जर पश्चात पुँजी १ अर्ब ७३ करोड पुग्ने « Arthapath.com
८ चैत्र २०७७, आईतवार

एनआईसी एशिया र स्वदेशी लघुवित्त एकीकृत कारोवार शुभारम्भ, मर्जर पश्चात पुँजी १ अर्ब ७३ करोड पुग्ने



काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज एक समारोहका बीच एकीकृत कारोवार शुभारम्भ भएको छ ।

मिति २०७७ श्रावण ३२ गते यी दुई संस्थाबीच गाभ्ने÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई मिति २०७७/०७/ १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो । मिति २०७७/०९/१० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौता भई सो अन्तीम सम्झौता अनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको मिति २०७७/१०/०४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो । उक्त बार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणी जोेशीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा गर्नु भएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १ लाख ३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुग्नेछ ।

गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्