सिंगटी हाइड्रोको आईपीओमा माग गरेभन्दा ५.२३ गुणा बढी आवेदन, आवेदन दिने समय अझै २ दिन बाँकि « Arthapath.com
८ चैत्र २०७७, आईतवार

सिंगटी हाइड्रोको आईपीओमा माग गरेभन्दा ५.२३ गुणा बढी आवेदन, आवेदन दिने समय अझै २ दिन बाँकि



काठमाडौं । शुक्रबारदेख सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेले निष्कासन तथा बिक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा आइतबार ५ बजेसम्म ८ लाख ७९ हजार बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा ८ लाख ७९ हजार ७१० वटा आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । उक्त आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयरका लागि १ अर्ब ३८ करोड ११ ६४ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो माग गरेको भन्दा ५.२३ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्