नेप्सेले लियो एक्शनः किसान लघुवित्तको कारोबार रोक्का गर्दै माग्यो स्पष्टीकरण « Arthapath.com
१० चैत्र २०७७, मंगलवार

नेप्सेले लियो एक्शनः किसान लघुवित्तको कारोबार रोक्का गर्दै माग्यो स्पष्टीकरण



काठमाडौं । गलत सूचना प्रकाशित गर्ने किसान लघुवित्तको नेप्सेले कारोबार रोक्का गरि स्पष्टीकरण सोधेको छ । किसान लघुवित्तले मूल्यमा प्रभाव पार्ने गरी गलत सूचना प्रकाशित गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ भने तीन दिनभित्र स्पष्टीकरण माग गरेको हो ।

लघुवित्तले गत आइतबार आफ्नो वार्षिक साधारण् ासभा सम्बन्धी सूचना प्रकाशित हकप्रद निष्कासन गर्ने बताएको थियो । तर, सोमबार संस्थाले फेरि संशोधित सूचना प्रकाशित गर्दै उक्त हकप्रदको मुद्धा विशेष प्रस्तावबाट हटाएपछि कारोबारमा प्रभाव पार्ने भन्दै नेप्सेले स्पष्टिकरण माग गरेको हो ।

नेप्सेले पठाएको पत्रमा के–कति कारणले हकप्रदको एजेण्डा राखेर पुनः हटाएको र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमा नै जानकारी दिन नसकेको हो ? भन्ने विषयमा स्पष्ट पार्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्