सिंगटी हाइड्रोको आईपीओमा १६ लाख २३ हजार जनाले दिए आवेदन, कति छ पर्ने सम्भावना ? « Arthapath.com
१० चैत्र २०७७, मंगलवार

सिंगटी हाइड्रोको आईपीओमा १६ लाख २३ हजार जनाले दिए आवेदन, कति छ पर्ने सम्भावना ?



काठमाडौं । चैत ६ गते शुक्रबारदेखि आइपीओ निष्काशन तथा विक्री खुला गरेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मंगलबार ५ बजेसम्ममा १६ लाख २३ हजार जना बढिले आवेदन दिएका छन् ।

मंगलबार १६ लाख २३ हजार ४५० जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयरका लागि २ अर्ब ४७ करोड २० लाख ४५ हजार रूपैयाँ संकलन भएको जनाएको छ । यो माग गरेको भन्दा ९.३६ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । यो तथ्याङ्क अनुसार १६ प्रतिशत आवेदकले मात्रै सेयर पाउने छन् भने ८४ प्रतिशतले अर्थात १३ लाख ६० हजार आवेदकको हात खाली हुने छ ।


प्रतिक्रिया दिनुहोस्