पैसाको जोहो गर्नुहोस्ः रु रु जलविद्युतको चैत २० गतेदेखि प्रिमियममा आईपीओ आउँदै « Arthapath.com
११ चैत्र २०७७, बुधबार

पैसाको जोहो गर्नुहोस्ः रु रु जलविद्युतको चैत २० गतेदेखि प्रिमियममा आईपीओ आउँदै



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि आइपीओ निष्काशन गर्ने भउको छ । रु रु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणका लागि चैत्र २० गतेदखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमा ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्