सारथी लघुवित्तले एफपिओ निष्काशन पारित गर्न साधारण सभा बोलायो « Arthapath.com
११ चैत्र २०७७, बुधबार

सारथी लघुवित्तले एफपिओ निष्काशन पारित गर्न साधारण सभा बोलायो



काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशन गर्न वार्षिक साधारण बोलाएको छ । लघुवित्तले बैशाख ३ गते धुलिखेलमा १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै, साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म बुकक्लोज गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्