नागरिक स्टक डिलरले ३९ वटा कम्पनीको शेयर खरिद बिक्री गर्न पाउने, को को छन् ? « Arthapath.com
११ चैत्र २०७७, बुधबार

नागरिक स्टक डिलरले ३९ वटा कम्पनीको शेयर खरिद बिक्री गर्न पाउने, को को छन् ?



काठमाडौं । नागरिक स्टक डिलरले ३९ वटा कम्पनीको शेयर खरिद बिक्री गर्न पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नागरिक स्टक डिलरले विभिन्न ३९ कम्पनीको सेयर कारोबार गर्न योग्य रहेको छ ।

नेप्सेले सूची सार्वजनिक गर्दै नेप्सेमा सूचीकृत २६ वटै वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी होटलको सेयर कारोबार गर्न पाउने भएको हो । हाल नेप्सेमा २१८ कम्पनी सूचीकृत रहेका छन् ।

जसमा वाणिज्य बैंकहरु नबिल, ग्लोबल आईएमई, कृषि विकास बैंक, कुमारी, मेगा, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सिटिजन्स, सिद्धार्थ, एभरेस्ट, माछापुच्छ्रे, सानिमा, नेपाल बैंक, सनराइज, प्रभु, नेपाल बंगलादेश बैंक, लक्ष्मी, बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल, एनआईसी एसिया, सिभिल, हिमालयन, एनसीसी, एनएमबी, सनराइज र सेन्चुरी बैंक, विकास बैंकहरुमा एक्सेल, गरिमा, ज्योति, कामना, मितेरी, मुक्तिनाथ र शाइन रेसुंगा, लघुवित्त कम्पनीहरुमा साना किसान, छिमेक, आरएसडीसी र आरएमडीसी लघुवित्त, होटेल एण्ड पर्यटन कम्पनीहरुमा तारागाउँ रिजेन्सी होटेल र अन्य समूहको कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्